कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा « Khabarhub

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्।

ज्ञवालीले भदौ २३ गतेको जेन-जी आन्दोलनमा गोली प्रहारबारे विस्तृत चर्चा गरिए पनि भदौ २४ गते भएको विध्वंस र ‘राष्ट्र दहन’ सम्बन्धमा प्रतिवेदन रहस्यमय रूपमा मौन रहेको टिप्पणी गरेका छन्।

उनले भदौ २३ मा संसद भवन जोगाउन बल प्रयोग गर्ने सुरक्षाकर्मीमाथि कारबाही सिफारिस गरिएको बताउँदै भदौ २४ सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन लगायत सार्वजनिक सम्पत्ति जोगाउन बल प्रयोग नगरेको भन्दै उनीहरूमाथि कारबाही सिफारिस गरिनु विरोधाभासी रहेको बताएका छन्।

ज्ञवालीले तत्कालीन राजनीतिक, प्रशासनिक र सुरक्षा नेतृत्वमाथि अनुसन्धान र अभियोजन गर्न बाँकी रहेको अवस्थामा प्रतिवेदनले कानुनका दफा नै तोकेर कारबाही सिफारिस गरेको उल्लेख गरेका छन्।

त्यस्तै पत्रकारको योग्यता, संवैधानिक नियुक्ति र मन्त्रिपरिषद् गठनजस्ता आयोगको क्षेत्राधिकारसँग सम्बन्धित नभएका विषयमा प्रतिवेदनले लामो टिप्पणी गरेको तर शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने घुसपैठियाको पहिचान गर्न नसकेको उनले बताएका छन्।

भदौ २४ मा रासायनिक पदार्थ मिसाएर बनाइएका मोलोटोभ ककटेल प्रयोग गरी सार्वजनिक तथा निजी सम्पत्ति जलाउने समूहबारे प्रतिवेदन मौन रहेको भन्दै ज्ञवालीले प्रश्न उठाएका छन्।

ज्ञवालीले प्रतिवेदनलाई ‘कलाविहीन नाटक’ को संज्ञा दिँदै पटकथा भदौ २४ मै तयार गरिएको आरोप समेत लगाएका छन्।

उनले झन्डै ३० वर्ष प्रहरी संगठनमा काम गरेका अधिकारी र कानुनका जानकारहरूले यस्तो प्रतिवेदनमा हस्ताक्षर गरेकोप्रति पनि आश्चर्य व्यक्त गरेका छन्।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १२ : ५४ बजे

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा

यस्तो देखियो प्रतिनिधि सभाका सांसदहरूको शपथ (तस्बिरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो

शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र

काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ