रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै « Khabarhub

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ।

बिहीबार दिउँसो ४ बजे बस्ने केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने गरी पार्टी विधान संशोधन गर्ने कार्यतालिका तय गरिएको छ।

त्यसपछि ५ बजे संसदीय दलको बैठक बसेर संसदीय दलको नेता चयन गरिनेछ।

पार्टी कोषाध्यक्ष लिमा अधिकारी का अनुसार संसदीय दलको बैठकबाट शाहलाई दलको नेता चयन गर्ने तयारी गरिएको छ।

‘अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्छ र हाम्रो वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने विधान संशोधन गर्छ। लगत्तै संसदीय दलको बैठक बसेर उहाँलाई संसदीय दलको नेता बनाइन्छ,’ अधिकारीले भनिन्।

उनले आज दलको नेता बनेपछि भोलि प्रधानमन्त्रीको शपथ लिने बताइन् ।

‘आजै संसदीय दलको पहिलो बैठक बस्छ र भोलि बालेन्द्रजीले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुहुन्छ’, उनलेे भनिन् ।

संसदीय दलको नेता चयन भएपछि शाहले बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय गरिएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १ : ०६ बजे

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा

यस्तो देखियो प्रतिनिधि सभाका सांसदहरूको शपथ (तस्बिरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो

शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र

काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ