मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो « Khabarhub

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ । 

मालिका गाउँपालिकाले यस सडकको बतासे–फुलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो । 

प्रदेश समपुरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट बिनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले ६५ लाख २३ हजार चार सय ३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको छ । 

आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्य अघिनै सम्पन्न गर्ने कार्ययोजना अनुसार पहिलो चरणमा डोजर परिचालन गरेर सडक फराकिलो पार्ने कामलाई तिव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताए। 

हाल तीन दशमलब पाँच देखि चार मिटर चौडाइ भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो पार्न भित्ता काट्ने काम भैरहेको छ । फराकिलो पारेपछि करिब पाँच सय मिटर दुरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्यावीयन, पलम पर्खाल निर्माण र ढलान गरिने निर्माण व्यवसायी पाण्डेले बताए। 

मालिका गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख दीपक सापकोटाका अनुसार यस आयोजना मार्फत ११ हजार घनमिटर भित्ता काट्ने, चार सय ४५ घनमिटर ग्यावीयन जालीको पर्खाल, दुई सय ५४ घनमिटर नाली, दुई सय ५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण हुनेछ । 

यसअघिको वर्षमा थापाचौर देखि देविस्थान जाने घुम्ती सम्मको खण्डमा स्तरोन्नति भएको थियो । यो सडक मालिका गाउँपालिकाको ४, २, ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन् । यो मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको प्राथमिकता प्राप्त आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले बताए। 
 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको