काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको सकारात्मक काममा साथ दिने बताएका छन्।
सांसद पदको शपथका लागि सिंहदरबार पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले पत्रकारसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् । उनले यदि सरकारले गलत बाटो समातेमा प्रतिपक्षीका रुपमा दह्रो खबरदारी गर्ने पनि बताए ।
‘हामी प्रतिपक्ष बस्छौँ। हामीलाई सरकारलाई खबरदारी गर्ने म्यान्डेट मिलेको छ । सकारात्मक कामममा सहयोग पनि गर्छौँ’, उनले भने, ‘सरकारका राम्रा काममा प्रतिपक्षीबाटै सहयोग हुन्छ। सरकारले आलोचना र विरोधबाट सिकोस् । हामी सरकारलाई सघाउँछौँ।’
अध्यक्ष साम्पाङले राजनीतिमा लागिसकेपछि सर्वोच्च पद (प्रधानमन्त्री) पदमा जाने योजना राख्ने बताउँदै चुनावअघि त्यहीकारण भावी प्रधानमन्त्रीका रूपमा पार्टीले प्रस्ताव गरेको उल्लेख गरे।
उनले अहिले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्न पाउनु आफ्नो अधिकार रहेको बताए । ‘राजनीति गर्नेले माथिल्ल पदमा पुग्ने उद्देश्य बोक्नुपर्छ । कसैले यो कुरालाई अन्यथा मान्नु हुँदैन’, उनले भने, ‘पार्टी अध्यक्षका रुपमा मैले पनि अन्य दलका नेताले भने जस्तै कुरा भनेँ। तर जनताको निर्णय स्वीकारेर हामी प्रतिपक्षमा बस्दैछौँ।’













प्रतिक्रिया