रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने « Khabarhub

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र प्रधानमन्त्री बनेकै दिन शुक्रबार नै मन्त्रिपरिषद्समेत विस्तार गर्ने तयारी रास्वपाले गरेको छ।

बालेनको सचिवालय र रविको सचिवालय दुवैले शुक्रबार नै मन्त्रिपरिषद्का सबै सदस्यको शपथ हुने बताएका छन् ।

सभापति लामिछाने र बालेनले अहिले सरकारमा पठाउने व्यक्तिहरूबारे अन्तिम टुंगोका लागि छलफल गरिरहेका छन्।

दुवै नेताको सचिवालयका छलफल अहिले अन्य तहमा पुगको छैन । केही विषय अझै पनि छलफल गरेर टुङ्ग्याउन बाँकी छ ।

त्यहीकारण बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा पनि मन्त्रिपरिषद्का सम्भावित सदस्यबारे जानकारी गराउने कार्यसूची राखिएको छैन ।

बालेन नेतृत्वको सरकारमा जाने सम्भावित अनुहारबारे उक्त केन्द्रीय समिति बैठकमा कुनै छलफलसमेत नहुने भएको छ।

‘दुई नेताबीचमै सरकारमा पठाउने अनुहारबारे छलफल भइरहेकाले केन्द्रीय समिति बैठकमा यो एजेन्डा हुने छैन। बैठकमा सरकारमा सहभागी हुने अनुहारबारे पनि जानकारी गराउने कार्यसूची प्राप्त भएको छैन’, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीले भनिन, ‘शीर्ष नेता तहमै सरकारमा पठाउने व्यक्तिबारे छलफल भइरहेकाले केन्द्रीय समितिमा यो एजेन्डा नराख्ने जानकारी हामीलाई छ ।’

अपरान्ह ४ बजे बस्ने केन्द्रीय समिति बैठकबाट विधान संशोधन गरेर बालेन्द्रलाई संसदीय दलको नेता बनाउने कार्यसूची छ । त्यसलगत्तै संसदीय दलको बैठक बसेर बालेन्द्रलाई संसदीय दलको नेता चयन गरिनेछ।

दोस्रो तहका नेतालाई थाहा

सरकारमा पठाउने व्यक्तिहरूबारे सभापति लामिछानेले दोस्रो तहका नेताहरूसँग अनौपचारिक छलफल गरेका छन्।

रविले उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले, डीपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू शिशिर खनाल र विराजभक्त श्रेष्ठ लगायतसँग छलफल गरेका थिए।

छलफलका क्रममा रविलाई नेताहरूले परिणाममुखी काम गर्ने र विवादरहित व्यक्ति सरकारमा पठाउन सल्लाह दिएको एक नेताले जानकारी दिएका छन्।

‘सभापतिज्यूले हामीसँग केही कुरा गर्नुभएको थियो । हामीले परिणाममुखी काम गर्नेलाई पठाऊँ भनेर सुझायौँ । पदलाई लिएर पार्टीभित्र कुनै तुष नहोस् भन्ने सल्लाह दिएका छौँ’, छलफलमा सहभागी ती नेताले भने, ‘सभापतिले सामूहिक भन्दा छुट्टाछुट्टै सल्लाह लिनुभएको थियो।’

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ३ : १९ बजे

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी