भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै « Khabarhub

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका छन् । आफूमाथि लागेको लागूऔषध तस्करीको मुद्दा खारेज गर्ने मागसहित उनी न्यूयोर्कको अदालतमा उपस्थित हुन लागेका हुन् ।

अमेरिकी सेनाले गत जनवरी ३ मा विशेष सैन्य कारवाही गरी उनलाई भेनेजुएलाको राजधानी कराकसबाट नियन्त्रणमा लिएको थियो । बिहीबार हुने सुनुवाइमा ६३ वर्षीय मादुरोसँगै उनकी ६९ वर्षीया पत्नी सिला फ्लोरेस पनि अदालतमा उपस्थित छन् ।

हाल ब्रुकलिनको हिरासतमा रहेका मादुरोले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन् । उनले अमेरिकी सेनाले आफूलाई अपहरण गरेको दाबी गरेका छन् ।

मादुरोका वकिलले अमेरिकी सरकारले भेनेजुएलाको सरकारी कोष प्रयोग गर्न रोकेर मादुरोको कानुनी अधिकार हनन् गरेको आरोप लगाएका छन् । न्यायाधीश एल्विन हेलेरस्टाइनले मुद्दाको सुनुवाई मिति तोक्न सक्ने सम्भावना छ ।

भेनेजुएलामा अझै पनि मादुरोको समर्थनमा केही प्रदर्शन र प्रचार भइरहेका छन् । तर, त्यहाँको वर्तमान सरकारमा उनको प्रभाव घट्दै गएको छ ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले मादुरोनिकट रक्षामन्त्री र महान्यायाधिवक्ता लगायतका मुख्य व्यक्तिहरूलाई पदबाट हटाइसकेकी छिन् । उनले पुराना सरकारी संरचनाहरूलाई पनि हेरफेर गरिरहेकी छिन् ।

अमेरिकी अभियोजकहरूले मादुरोमाथि लागूऔषध आतङ्कवाद र अमेरिकामा कोकिन तस्करीको योजना बनाएको गम्भीर आरोप लगाएका छन् । यदि यी आरोपहरू अदालतबाट प्रमाणित भएमा उनलाई जन्मकैदसम्मको सजाय हुन सक्छ ।

सन् २०१३ देखि भेनेजुएलाको नेतृत्व गरेका मादुरो अहिले आफ्नो जीवनकै कठिन कानुनी लडाइँमा छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ३ : ५४ बजे

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले