इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प « Khabarhub

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै कडा चेतावनी दिएका छन् ।

आफ्ने स्वामित्वको ट्रुथ सोसल सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पर्दापछाडि सम्झौताका लागि ‘भिख मागिरहेको’ भएपनि इरानी पक्षले सार्वजनिक रूपमा भने अमेरिकी प्रस्तावमाथि विचार मात्र गरिरहेको नाटक मञ्चन गरेको जनाएका छन् ।

ट्रम्पले इरानको यो शैलीलाई पूर्ण रूपमा गलत भनेका छन् । राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्ति समाप्त भइसकेको र अब उसले पुनरागमन गर्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

उनले इरानी पक्षलाई समयमै गम्भीर हुन सचेत गराएका छन् । ढिलो भएमा त्यसको परिणाम निकै भयानक हुने र पछि फर्कने बाटो नरहने उनको चेतावनी छ । ट्रम्पले इरानलाई अन्तिम मौका दिँदै छिटो निर्णय लिन दबाब दिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ५ : १४ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति