शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन « Khabarhub

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका लागि बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा नगर प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको उल्लेख छ ।

बुधबार सार्वजनिक भएको उक्त प्रतिवेदनको ५९० पृष्ठमा बानेश्वरस्थित संसद भवन अगाडी शान्त रुपमा प्रदर्शन भइरहेकोमा नगर प्रहरीले बल प्रयाग गर्न खोजिएको खुलाइएको हो ।

‘प्रदर्शनकारीहरूले मेन गेट अगाडी ढलेका व्यारिकेट सडकमा राखी व्यारिकेट पछाडी पम्पलेटसहित प्रदर्शन गरिरहेका थिए । यसै क्रममा १ बजेर ३४ मा नगर प्रहरी (सिटी पुलिस) को टोली गाडीबाट निस्केर शान्त प्रदर्शनकारीतर्फ बल प्रयोग गर्दै बढेको थियो भने अन्य स्थानबाट प्रहरीद्वारा व्यापक रूपमा अश्रुग्यास प्रयोग गरी भीडलाई तितरबितर गरेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसबेला शान्त माहोलमा ३५/४० जना बाइकमा सवार समूहको मेन गेट अगाडी प्रवेश भएको थियो । ‘बीआईसीसी पीटीजेडमा मेन गेट अगाडीको भीडको माहोल शान्त अवस्थामा रहेकोमा १३ः१९ मा ३५–४० को संख्यामा बाइकसवार समूहको मेन गेट अगाडी प्रवेश भएको थियो,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ५ : २७ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित