ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ « Khabarhub

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक रहेकाले स्वीकार्य नभएको स्पष्ट पारेका छन् । 

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा पार्टीका प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्यहरूसँगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले आयोगको प्रतिवेदन पूर्वाग्रह ढंगले आएको भन्दै स्वीकार्य नभएको स्पष्ट पारेका हुन् । 

उनले आयोगको प्रतिवेदन चरम लापरबाही, चरित्र हत्या र घृणाको राजनीति गर्ने खालको रहेको उल्लेख गरे । घटनामा उपस्थिति नै नरहेको तत्कालीन प्रधानमन्त्री अर्थात् आफुविरुद्ध फौजदारी अभियोगअन्तर्गत छानबिन गर्न र मुद्दा चलाउन सिफारिस गर्नु उचित नभएको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष ओलीले निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला नभए पनि निर्वाचन परिणाम अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय रहेको टिप्पणी गरे । 

उनले एमालेप्रति कुप्रचारका साथै गम्भीर प्रहार भए पनि त्यसको डटेर सामान गर्न नसकिएको उल्लेख गरे । अहिले देश विषम परिस्थितिमा रहेकाले जिम्मेवार भएर प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन समेत दिए ।  

उनले आधुनिक बिचार बोक्ने परिवर्तनकारी र अनुशासित पार्टी एमाले बाहेक अरु नरहेकाले अनुशासन पालना गर्न समेत निर्देशन दिए । उनले संसदीय दलमा काम र जिम्मेवारीको आधारमा मूल्याङ्कन गरी जिम्मेवारी दिने भन्दै पदको माग गरेर नआउन समेत सुझाव दिए ।

अध्यक्ष ओलीले पार्टीभित्र समस्या खडा गर्नुभन्दा एकताबद्ध र एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ५ : २९ बजे

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर