अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ « Khabarhub

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने बंगलादेश पाबना घर भएका २९ वर्षीय माेहम्मद शिहाबुल इस्लामलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टाेलीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ ९३ पैसा बराबरको यूएसटीडी लगायत अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ ।

साथै प्रहरीले उनको साथबाट नगद ६० हजार रूपैयाँ, सिमकार्ड ९ थान, मोबाइल २ थान, विभिन्न बैंकको एटीएम ७ थान, विभिन्न बैंकको चेकबुक ३३ थान लगायतका सरसामान समेत बरामद गरेको छ ।

उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ११ : ०५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले