लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ गरिएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

अभियुक्त शनिबार पक्राउ परेका हुन् । उनीहरुबाट नगद र लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक, बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र १६ हजार ५०० नगदसहित पक्राउ गरिएको छ ।

यसैगरी, इलामको सूर्योदय नगरपालिका–११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका–१ बाट दुई, कञ्चनपुरको वेदकोट नगरपालिका–८ बाट दुई, भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ गोब्रैयाबाट दुई, सैनामैना नगरपालिका–५ बुद्धनगरबाट एकजनालाई पक्राउ गरिएको हो ।

यसैगरी, विराटनगर महानगरपालिका–१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिाका–२ बिसौनीबाट एक, दाङको घोराही उपमहानगरपालिका–५ बाट शीतलपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट चार जना, पोखरा महानगरपालिका–५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ राधापुरबाट एक जनालाई चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १० : ०१ बजे

झापाको अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास