ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने ३१ वर्षीय युवक पक्राउ « Khabarhub

ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने ३१ वर्षीय युवक पक्राउ

गोलीको आवाज सुनेपछि पत्रकार र अतिथि लामो समयसम्म टेबलमुनि लुके


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता सङ्घ’ को वार्षिक रात्रिभोजमा गोली प्रहार भएको छ । बन्दुकधारीले सुरक्षा घेरा तोडेर आक्रमण गर्न खोजेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्कालै सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेका थिए ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पछिल्लो ब्रिफिङमा घटनाबारे जानकारी दिँदै एकजना ‘सेक्रेट सर्भिस’ का अधिकारी घाइते भएको बताएका छन् । ट्रम्पका अनुसार निकै नजिकबाट गोली प्रहार भए पनि ती सुरक्षाकर्मीले लगाएको ‘बुलेट-प्रुफ ज्याकेट’ का कारण उनको ज्यान जोगिएको छ । “उनी अहिले खतरामुक्त छन्,” ट्रम्पले भने, “केही साहसी सुरक्षाकर्मीका कारण ठूलो क्षति हुन पाएन ।”

प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम चलिरहँदा अचानक गोली चलेपछि हलभित्र व्यापक अन्योल र त्रास फैलिएको थियो । बिबिसीका संवाददाताका अनुसार गोलीको आवाज सुनेपछि पत्रकार र अतिथि लामो समयसम्म टेबलमुनि लुकेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा मानिसहरू ज्यान जोगाउन भागाभाग गरिरहेको देखिन्छ ।

प्रहरीले आक्रमणकारीको पहिचान क्यालिफोर्नियाका ३१ वर्षीय कोल थोमस एलेनका रूपमा गरेको छ । उनलाई नियन्त्रणमा लिई हाल नजिकैको अस्पतालमा उपचार भइरहेको वासिङ्टन डिसीका मेयरले जनाएका छन् । ट्रम्पका महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार पक्राउ परेका व्यक्तिमाथि अब अदालतमा औपचारिक रूपमा मुद्दा दर्ता गरिनेछ ।

राष्ट्रपति ट्रम्पले घटनाको केही समयपछि संदिग्ध व्यक्तिको तस्बिर र गोलीबारी सुरु हुनुभन्दा अगाडिको भिडियो समेत सार्वजनिक गरेका छन् । सुरक्षा संयन्त्रले यस घटनालाई राष्ट्रपतिको सुरक्षामा भएको गम्भीर लापरबाहीका रूपमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १० : २५ बजे

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु