वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित « Khabarhub

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ । 

जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन् । हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फविन्द्र प्रधानले बताए ।

वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकमा पनि क्षति पुगेको छ । यहाँ सञ्चालित हाइड्रोपावर र ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या हुँदा जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 
 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ११ : ३७ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’