विपन्न र बेवारिसेको उपचारमा देशभर २ हजार ५६ शय्या उपलब्ध, ९९ बिरामीले मात्रै लिए सेवा « Khabarhub

विपन्न र बेवारिसेको उपचारमा देशभर २ हजार ५६ शय्या उपलब्ध, ९९ बिरामीले मात्रै लिए सेवा


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकाले सरकारी तथा निजी अस्पतालहरूमा विपन्न तथा बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शय्या अनिवार्य उपलब्ध गराउने र सेवा दिने निर्णय कडाइका साथ लागु भएको छ । तर, सेवा लिने बिरामीको संख्या भने बढ्न सकेको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पतालहरूमा विपन्नले पाउने निःशुल्क बेडबारे जानकारीका लागि ‘रियल टाइम’ अनुगमनका आधारमा सार्वजनिक गरिरहेको ‘फ्री हेल्थ पोर्टल’को विवरण अनुसार भर्ना भएका बिरामीले निःशुल्क बेड सेवा कम संख्यामा लिएको पाइएको छ।

पोर्टलमा उपलब्ध विवरणअनुसार देशभरका अस्पतालमा कुल १३ हजार १ सय ३७ शय्या (बेड) रहेको देखाइएको छ । तीमध्ये २ हजार ५६ शय्या निःशुल्क उपचारका लागि छुट्याइएको उल्लेख छ । हाल ९९ वटा निःशुल्क बेड प्रयोगमा रहेको र १ हजार ९ सय ६१ शय्या उपलब्ध रहेको पोर्टलले देखाएको छ ।

मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवा लिन आउने नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न पोर्टलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । 

विशेषगरी विपन्न, असहाय, बेवारिसे बिरामी तथा अन्य लक्षित समूहलाई निःशुल्क उपचारको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पोर्टल सहयोगी हुने अपेक्षा गरिएको  छ ।

पोर्टलमार्फत प्रदेश, जिल्ला र स्वास्थ्य संस्था अनुसार निःशुल्क बेडको उपलब्धता हेर्न सकिने व्यवस्था गरिएको छ। यसले सेवाग्राहीलाई अस्पतालमा पुग्नुअघि नै कहाँ बेड उपलब्ध छ भन्ने जानकारी लिन सहज बनाउनेछ ।

मन्त्रालयका अनुसार निःशुल्क उपचार सेवामा पहुँच विस्तार, सेवा व्यवस्थापनमा पारदर्शिता तथा अस्पतालमा बिरामीको चाप व्यवस्थापनका लागि पोर्टल उपयोगी हुने अपेक्षा गरिएको छ । 

साथै, स्वास्थ्य सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत थप व्यवस्थित बनाउने सरकारको प्रयासअन्तर्गत यो प्रणालीलाई क्रमशः थप प्रभावकारी बनाइने जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १ : ०४ बजे

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक

झापा हिँडेकी रचना सवार जहाज जनकपुर पुगेपछि…

काठमाडौं – काठमाडौंबाट झापा जान गायिका रचना रिमाल चढेको विमान