फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड « Khabarhub

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना थापा स्टारर फिल्म ‘परालको आगो’ले सुरुवाती दुई दिनमा मध्यम व्यापार गरेको छ ।

फिल्मका प्रस्तुतकर्ता सुशील पोखरेलका अनुसार फिल्मले शुक्रबार र शनिबारमा एक करोड दुई लाख ग्रस कलेक्सन गरेको छ ।

यो फिल्मले औषतमा दैनिक ५० लाख व्यापार गरेको देखिन्छ । यस हिसाबले यो व्यापार मध्यमसँगै राम्रो पनि हो ।

नेपाली फिल्मले दैनिक एक करोडमाथि ग्रस कलेक्सन गरेको उदाहरण पनि छ । यस हिसाबमा यो मध्यम व्यापार हो ।

दुई दिनमै यो फिल्म ३२ हजारभन्दा धेरै दर्शकले हरेका छन् । माउथ पब्लिसिटीका लागि यो पर्याप्त दर्शक संख्या हो । शुक्रबार र शनिबारका दर्शकले यो फिल्म हेर्न सिफारिस गरेको अवस्थामा व्यापार राम्रो हुने देखिन्छ ।

आइतबारको व्यापार र सोमबार हलमा दर्शकको उपस्थितिले फिल्मको व्यापार निर्धारण गर्ने देखिन्छ । यस फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  २ : ३१ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका