क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको ३५ दिने अल्टिमेट « Khabarhub

क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको ३५ दिने अल्टिमेट


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो हाताभित्रको क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ ।

सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो ।

त्यही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान)लाई समेत पत्राचार गरेको छ । त्रिवि र क्यानबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ ।

त्रिवि प्रशासन महाशाखाका एक अधिकारीले अतिक्रमित जग्गा फिर्ता ल्याउने क्रममा सबै संघ–संस्था तथा संगठनलाई छुट्टाछुट्टै पत्र पठाइएको बताएका छन । क्यानसँगको सम्झौता पनि यही मसान्तमा सकिन लागेकाले खाली गराउन भनिएको हो ।

त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माण तथा सिट राख्ने काम केही महिनाअघि मात्रै सकिएको हो । सरकारले प्यारापिट निर्माणका लागि बीकेओआई–केसीडीसी–बीजी जेभीले १९ फागुन २०८१ मा सम्झौता गरेर २० फागुनबाट निर्माण थालनी गरेको थियो ।

४३ करोड ७७ लाखमा ठेक्का लिएर निर्णमा गरिएको थियो । उक्त मैदान र प्यारापिट तथा फ्लड लाइट निर्माणपछि एनपीएलका दुई सिजन भइसकेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : १३ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम