ओमानका सुल्तानसँग वार्तापछि पाकिस्तानतिर इरानी विदेशमन्त्री, इस्लामाबादबाट मस्को जाने « Khabarhub

ओमानका सुल्तानसँग वार्तापछि पाकिस्तानतिर इरानी विदेशमन्त्री, इस्लामाबादबाट मस्को जाने


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेश मन्त्री अब्बास अरघाची र ओमानका सुल्तान हैथम बिन तारिकबीच मस्कटमा भेटवार्ता भएको छ।

आइतबार भएको यस भेटका क्रममा क्षेत्रीय युद्धस्थिति र शान्ति पुनःस्थापनाका प्रयासबारे विस्तृत छलफल भएको बताइएको छ।

अराघचीले ओमानको कूटनीतिक भूमिकाको प्रशंसा गर्दै संवादमार्फत मात्र समाधान सम्भव हुने बताएका छन्। उनले अमेरिकी सैन्य उपस्थितिले क्षेत्रमा असुरक्षा बढाएको पनि उल्लेख गरेका छन्।

सुल्तान हैथम बिन तारिकले युद्ध चाँडै अन्त्य भई क्षेत्रमा शान्ति फर्किने आशा व्यक्त गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। उक्त भेटमा ओमानका विदेश मन्त्री पनि सहभागी थिए।

पाकिस्तान प्रस्थान

मस्कट भ्रमणपछि अराघची पाकिस्तानतर्फ प्रस्थान गरेका छन्। उनी इस्लामाबाद पुगेर पाकिस्तानी नेताहरूसँग दोस्रो चरणको भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसअघि पनि उनले पाकिस्तान भ्रमणका क्रममा सेना प्रमुख, विदेश मन्त्री र प्रधानमन्त्रीसँग भेट गरेका थिए।

प्रारम्भिक वार्तापछि तेहरान फर्किएको उनको टोली अहिले पुनः इस्लामाबादमा उनीसँगै सहभागी हुने बताइएको छ। इस्लामाबादमा छोटो बसाइपछि उनी मस्को जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : २१ बजे

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक