ओमानका सुल्तानसँग वार्तापछि पाकिस्तानतिर इरानी विदेशमन्त्री, इस्लामाबादबाट मस्को जाने « Khabarhub

ओमानका सुल्तानसँग वार्तापछि पाकिस्तानतिर इरानी विदेशमन्त्री, इस्लामाबादबाट मस्को जाने


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेश मन्त्री अब्बास अरघाची र ओमानका सुल्तान हैथम बिन तारिकबीच मस्कटमा भेटवार्ता भएको छ।

आइतबार भएको यस भेटका क्रममा क्षेत्रीय युद्धस्थिति र शान्ति पुनःस्थापनाका प्रयासबारे विस्तृत छलफल भएको बताइएको छ।

अराघचीले ओमानको कूटनीतिक भूमिकाको प्रशंसा गर्दै संवादमार्फत मात्र समाधान सम्भव हुने बताएका छन्। उनले अमेरिकी सैन्य उपस्थितिले क्षेत्रमा असुरक्षा बढाएको पनि उल्लेख गरेका छन्।

सुल्तान हैथम बिन तारिकले युद्ध चाँडै अन्त्य भई क्षेत्रमा शान्ति फर्किने आशा व्यक्त गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। उक्त भेटमा ओमानका विदेश मन्त्री पनि सहभागी थिए।

पाकिस्तान प्रस्थान

मस्कट भ्रमणपछि अराघची पाकिस्तानतर्फ प्रस्थान गरेका छन्। उनी इस्लामाबाद पुगेर पाकिस्तानी नेताहरूसँग दोस्रो चरणको भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसअघि पनि उनले पाकिस्तान भ्रमणका क्रममा सेना प्रमुख, विदेश मन्त्री र प्रधानमन्त्रीसँग भेट गरेका थिए।

प्रारम्भिक वार्तापछि तेहरान फर्किएको उनको टोली अहिले पुनः इस्लामाबादमा उनीसँगै सहभागी हुने बताइएको छ। इस्लामाबादमा छोटो बसाइपछि उनी मस्को जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : २१ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष