मध्यविन्दुमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते « Khabarhub

मध्यविन्दुमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

डण्डाबाट अरुणखोलातर्फ आउँदै गरेको लु१अ यो १६ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको म प्र ०३–०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका(३ बस्ने २३ वर्षीय भुवन बोहरा र २५ वर्षीय प्रवेश बोहरा गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएकोमा भुवन बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

घाइते बोहरालाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ भने घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ८ : ४७ बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३