बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड « Khabarhub

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । फिल्मले रिलिज भएको ९ दिनमै १०० करोड क्लबमा प्रवेश गर्दै नयाँ उपलब्धि हासिल गरेको हो ।

यससँगै यो अक्षय कुमारको १०० करोड कमाउने २०औँ फिल्म बनेको छ । आइतबार बक्स अफिसमा फिल्मको स्पष्ट वर्चस्व देखिएको छ ।

रिपोर्टअनुसार ‘भूत बंगला’ ले रिलिजको १०औँ दिन १० करोड २७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । दोस्रो सप्ताहन्तमा फिल्मको कमाइ सुरुआती दिनहरूको तुलनामा केही घटे पनि अन्य फिल्मको तुलनामा सन्तोषजनक देखिएको छ ।

यसअघि ८औँ दिन शुक्रबार ५ करोड ७५ लाख र ९औँ दिन १० करोड ७५ लाख कमाएको फिल्मको कुल आम्दानी १११ करोड १७ लाख पुगेको छ । अन्तिम तथ्यांक भने राति अबेरसम्म आउने बताइएको छ।

यता, ‘धुरन्धर २’ र ‘माइकल’ बीच पनि प्रतिस्पर्धा जारी छ । निर्देशक आदित्य धरको फिल्म ‘धुरन्धर २’ ले रिलिजको ३९औँ दिन आइतबार २ करोड ७५ लाख कमाएको छ । यससँगै यसको भारततर्फको कुल कमाइ १ हजार १२९ करोड ९४ लाख पुगेको छ ।

अर्कोतर्फ ‘माइकल’ ले भने कमजोर समीक्षाका बाबजुद पनि राम्रो व्यापार गरिरहेको छ। चर्चित गायक माइकल ज्याक्सनको जीवनमा आधारित यस फिल्मले रिलिजको तेस्रो दिन आइतबार ४ करोड ६० लाख कमाएको छ। फिल्मले पहिलो सप्ताहन्तमै १५ करोड १० लाख आम्दानी गरेको छ ।

यसअघि पेड प्रिभ्यूमा १ करोड ७० लाख, पहिलो दिन ३ करोड ७० लाख र दोस्रो दिन ५ करोड १० लाख कमाएको थियो । हाल बक्स अफिसमा ‘भूत बंगला’ को वर्चस्व कायम रहँदा ‘माइकल’ र ‘धुरन्धर २’ बीचको प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ। आगामी दिनमा दर्शकको साथ र कमाइले यी फिल्महरूको यात्रा कस्तो रहनेछ भन्ने स्पष्ट हुने देखिन्छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ९ : ४० बजे

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई