सांसद दुलालले भने : समाचार लेखेकै कारण पत्रकार आतंकित बनाउन पाइँदैन « Khabarhub

सांसद दुलालले भने : समाचार लेखेकै कारण पत्रकार आतंकित बनाउन पाइँदैन


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारमाथि जाइलाग्ने सरकारी शैलीको आलोचना गरेका छन्।

मंगलबार बसेको संसद् बैठकमा समय लिएर बोल्दै दुलालले २४ घण्टायता एकजना पत्रकारलाई सरकारले गर्न खोजेको धरपकडप्रति गम्भीर आपत्ति जनाए ।

‘गएको २४ घण्टा देशका एकजना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ भन्ने कुरा भाइरल भइरहेको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित बनाउने काम सरकारले बन्द गरोस्’, उनले भने, ‘सरकारको यस कदमले सर्वसाधारणमा पनि संशय पैदा भएको छ। पत्रकारले सरकारको खबरदारी गर्न सक्छन्, गर्न पाउनुपर्छ ।’

उनले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सरकारले नै गरेको खेद्ने प्रयासको निन्दा गरे । ‘पत्रकार श्रेष्ठलाई जुन स्तरमा समाचार लेखेको नाममा खेद्ने काम भएको छ, यो गलत छ’, उनले भने ‘यदि पत्रकारले लेखेको समाचार गलत भए प्रेस काउन्सिल छ, उसैले कारबाही गर्न सक्छ। तर सरकार नियोजित रुपमा पत्रकारलाई खेद्न लाग्नु गलत छ।’

उनले प्रकाशित समाचार गलत भए नियमन गर्ने काम प्रेस काउन्सिलको क्षेत्राधिकारमा पर्ने स्मरण गराउँदै दुलालले राज्य शक्तिको दुरुपयोग नगर्न भने ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १ : ३९ बजे

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले