नेप्से परिसूचक ९.२४ अङ्कले ओरालो « Khabarhub

नेप्से परिसूचक ९.२४ अङ्कले ओरालो


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नौ अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार ७७७ दशमलव १० मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४५ अङ्कले ओरालो लागेर ४७४ दशमलव २९ मा सीमित भएको छ ।

कारोबार भएकामध्ये ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको भने घटेको छ । यस्तै, ११ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

कुल तीन सय ४० कम्पनीको एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर रु चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार, आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, साहस ऊर्जा, ङ्यादी ग्रुप पावर र अपि पावर कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ ।

दिनभरको कारोबारमा कालिञ्चोक हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडियाका शेयरधनीले कमाएका छन् ।

यसैगरी, सुपर खुदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैङ्क, आत्मनिर्भर लघुवित्त, एनआइसी एसिया बैङ्क, सालपा विकास बैङ्कका लगानीकर्ताले भने गुमाएका छन् । 
 

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ४ : ०६ बजे

चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

धनगढी – महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर

कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी