‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक « Khabarhub

‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक गरिएको छ। रोजगारीको खोजीमा गाउँ, परिवार र जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको ट्रिजरले कर्णाली क्षेत्रको सामाजिक तथा आर्थिक अवस्थासँगै त्यसले निम्त्याएको पारिवारिक विछोडको पीडालाई चित्रण गरेको छ ।

सार्वजनिक ट्रिजरमा कर्णालीका पहाडी गाउँ, ग्रामीण जनजीवन तथा अभावबीच संघर्षरत परिवारको कथा प्रस्तुत गरिएको छ । आर्थिक समस्याका कारण गाउँमै भविष्य नदेखेपछि घर छाड्न बाध्य एक युवकको कथालाई मुख्य विषय बनाइएको छ ।

मुख्य भूमिकामा रहेका अर्जुन सुनारले परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले श्रीमती र सानो सन्तानलाई छाडेर बाहिरिनुपर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । राज्य लक्ष्मी नेपालीले उनकी श्रीमतीको भूमिका निभाएकी छन् ।

ट्रिजरमा श्रीमान्–श्रीमतीबीचको आत्मीय सम्बन्ध, बाध्यात्मक बिछोड र प्रतीक्षाको पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ । कर्णाली नदी आसपासका दृश्य, सुनसान परिवेश तथा रित्तिँदै गएका घरआँगनमार्फत गाउँबाट हुने युवापलायनले परिवार र समाजमा पार्ने असर देखाउने प्रयास गरिएको छ ।

भिडियोमा कर्णाली क्षेत्रको मौलिक संस्कृति, पहिरन र भौगोलिक विशेषतालाई समेत समेटिएको छ । गीतको निर्देशन आयुष शाहीले गरेका हुन् । कथा राजेश विश्वकर्माको रहेको भिडियोको छायांकन प्रकाश विश्वले गरेका छन् । दुर्गा रावत निर्माता रहेको भिडियोको सम्पादन मदन नेपालीले गरेका हुन् ।

बेरोजगारी, अभाव र गाउँबाट हुने युवापलायनजस्ता विषय उठान गरिएको ‘कर्णाली तिर’को पूर्ण भिडियो आगामी जेठ १६ गते सार्वजनिक गरिने गायक सुनारले जानकारी दिएका छन् । ट्रिजरले ग्रामीण नेपालको प्रतिनिधिमूलक कथा प्रस्तुत गर्ने संकेत गरेको सम्पादक मदन नेपालीले बताएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ७ : ३९ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई