पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा « Khabarhub

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

क्युरासाओको विश्वकप यात्रा समाप्त


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font


काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित गर्दै आइभोरी कोस्टले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट (अन्तिम ३२) चरणमा स्थान सुरक्षित गरेको छ । यसअघिका तीनवटा विश्वकप सहभागितामा समूह चरणबाटै बाहिरिएको आइभोरी कोस्टका लागि यो उपलब्धि ऐतिहासिक बनेको छ ।

समूह ‘ई’ को निर्णायक खेलमा नकआउट चरण पुग्न आइभोरी कोस्टलाई मात्र १ अङ्कको आवश्यकता थियो । तर, टोलीले खेलको सुरुदेखि नै दबाब बनायो । खेलको सातौँ मिनेटमै क्युरासाओका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै यान डियोमान्डेले खोसेको बलमा निकोलस पेपेले गोल गर्दै आइभोरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस वर्षको अफ्रिका कप अफ नेसन्स टोलीमा नपरेका पूर्व आर्सनल फरवार्ड पेपेले खेलको ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनले बायाँ खुट्टाले प्रहार गरेको उत्कृष्ट सट क्युरासाओका गोलकिपर इलोय रुमलाई छलाउँदै पोस्टको माथिल्लो कुनामा भित्रिएको थियो ।

यो जितसँगै आइभोरी कोस्टले समूह ‘ई’ मा ६ अङ्क जोड्दै दोस्रो स्थान हासिल गर्‍यो । विश्वकपको एउटै संस्करणमा आइभोरी कोस्टले दुई खेल जितेको यो पहिलो पटक हो । ऐतिहासिक जितपछि मुख्य प्रशिक्षक इमर्स फाएले समर्थकलाई यो क्षणको उत्सव मनाउन आग्रह गर्दै टोलीमा बलियो एकता र स्वस्थ प्रतिस्पर्धा रहेको बताए ।

जनसङ्ख्याका हिसाबले पुरुष विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्र क्युरासाओले पराजित भए पनि खेलमा साहसिक प्रदर्शन गर्‍यो । पहिलो हाफको अन्त्यतिर जुनिन्हो बाकुनाले गोल गर्ने सुवर्ण अवसर गुमाएका थिए । पराजित भए पनि यसअघि इक्वेडरसँग ऐतिहासिक बराबरी खेल्दै पहिलो अङ्क जोडेको क्युरासाओले यस प्रतियोगिताबाट आफ्नो साख बढाएर फर्किएको छ ।

आइभोरी कोस्टको यो ऐतिहासिक सफलताले डिडिएर ड्रोग्बा र याया टुरे जस्ता ‘गोल्डेन जेनेरेसन’ का दिग्गज खेलाडीलाई समेत गर्वको अनुभूति गराएको छ । सन् २००६ मा अर्जेन्टिना र नेदरल्यान्ड्सको कठिन समूहमा पर्नु, २०१० मा पोर्चुगल र ब्राजिलसँग भिड्नु र २०१४ मा ग्रीससँग खेलको अन्तिम मिनेटमा गोल खाएर बाहिरिनु परेको पीडादायी इतिहासलाई चिर्दै नयाँ पुस्ताले आइभोरी कोस्टका प्रशंसकलाई उत्सव मनाउने ठुलो अवसर दिएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : ५९ बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले