स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा « Khabarhub

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा स्विडेनसँग १-१ गोलको बराबरी खेल्दै जापान प्रतियोगिताको नकआउट (अन्तिम ३२) चरणमा प्रवेश गरेको छ । यो बराबरी खेल दुवै टोलीलाई अन्तिम ३२ मा पुर्‍याउन पर्याप्त बन्यो । जापान समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो भने स्विडेन उत्कृष्ट आठ तेस्रो स्थानका टोलीमध्ये एक बन्दै अर्को चरणमा उक्लिएको छ ।

यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई ३-१ ले सहजै पराजित गर्दै समूह विजेताको रूपमा अर्को चरणको यात्रा तय गर्‍यो । समूह चरणका खेल सकिएसँगै अब अन्तिम ३२ को समीकरण पनि रोमाञ्चक बनेको छ। समूह ‘बी’ को उपविजेता बनेको जापानले अब नकआउट चरणमा बलियो प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ भने समूह विजेता नेदरल्यान्ड्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

जापान र स्विडेनबीचको खेल मैदानमा खासै आक्रामक नदेखिए पनि दुवै टोलीले गरेका एक–एक गोल भने निकै उत्कृष्ट र दर्शनीय थिए । जापानका लागि माएडाले उत्कृष्ट टिम वर्कको नमुना पेस गर्दै सुन्दर गोल गरे भने स्विडेनका लागि एलाङ्गाले व्यक्तिगत कौशल को प्रदर्शन गर्दै उत्कृष्ट गोल फर्काएका थिए ।

ट्युनिसियामाथि नेदरल्यान्ड्सको सहज जितसँगै यस समूहबाट तीनवटा टोली (नेदरल्यान्ड्स, जापान र स्विडेन) अर्को चरणमा प्रवेश गर्न सफल भएका छन् । ट्युनिसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : २२ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम