स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा « Khabarhub

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा स्विडेनसँग १-१ गोलको बराबरी खेल्दै जापान प्रतियोगिताको नकआउट (अन्तिम ३२) चरणमा प्रवेश गरेको छ । यो बराबरी खेल दुवै टोलीलाई अन्तिम ३२ मा पुर्‍याउन पर्याप्त बन्यो । जापान समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो भने स्विडेन उत्कृष्ट आठ तेस्रो स्थानका टोलीमध्ये एक बन्दै अर्को चरणमा उक्लिएको छ ।

यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई ३-१ ले सहजै पराजित गर्दै समूह विजेताको रूपमा अर्को चरणको यात्रा तय गर्‍यो । समूह चरणका खेल सकिएसँगै अब अन्तिम ३२ को समीकरण पनि रोमाञ्चक बनेको छ। समूह ‘बी’ को उपविजेता बनेको जापानले अब नकआउट चरणमा बलियो प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ भने समूह विजेता नेदरल्यान्ड्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

जापान र स्विडेनबीचको खेल मैदानमा खासै आक्रामक नदेखिए पनि दुवै टोलीले गरेका एक–एक गोल भने निकै उत्कृष्ट र दर्शनीय थिए । जापानका लागि माएडाले उत्कृष्ट टिम वर्कको नमुना पेस गर्दै सुन्दर गोल गरे भने स्विडेनका लागि एलाङ्गाले व्यक्तिगत कौशल को प्रदर्शन गर्दै उत्कृष्ट गोल फर्काएका थिए ।

ट्युनिसियामाथि नेदरल्यान्ड्सको सहज जितसँगै यस समूहबाट तीनवटा टोली (नेदरल्यान्ड्स, जापान र स्विडेन) अर्को चरणमा प्रवेश गर्न सफल भएका छन् । ट्युनिसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : २२ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा