विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित « Khabarhub

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम खेलमा अमेरिकामाथि ३–२ को रोमाञ्चक र सान्त्वना जित दर्ता गरेको छ।

खेलको अन्तिम समयमा टर्कीले दायाँ विङ्गबाट बललाई अगाडि बढाउँदै बायाँतर्फ पास उपलब्ध गराएको थियो, जसमा काअन आयहानले पोस्टको नजिकैबाट बललाई जाली चुमाउँदै टोलीलाई जित दिलाए र टोलीमा खुसीयाली छाएको थियो।

सुरुवाती अग्रता भने अमेरिकाले लिएको थियो। खेल सुरु भएको तेस्रो मिनेटमै अमेरिकाका ए. ट्रस्टीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, अमेरिकाको यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको १० औँ मिनेटमा टर्कीका युवा स्टार अर्दा गुलेरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ३१ औँ मिनेटमा बी. यिल्माजले गोल गरेपछि पहिलो हाफमा टर्की २–१ ले अगाडि रह्यो।

दोस्रो हाफको सुरुवातमै अमेरिकाले खेलमा पुनरागमन गर्‍यो। खेलको ४९ औँ मिनेटमा एस. बर्हाल्टरले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक स्थितिमा पुर्‍याएका थिए। निर्धारित ९० मिनेटको खेल बराबरीमै सकिए पनि इन्जुरी समयको अतिरिक्त आठौँ मिनेटमा टर्कीका काअन आयहानले निर्णायक गोल गर्दै टर्कीलाई रोमान्चक जित दिलाए।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ११ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा