विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित « Khabarhub

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम खेलमा अमेरिकामाथि ३–२ को रोमाञ्चक र सान्त्वना जित दर्ता गरेको छ।

खेलको अन्तिम समयमा टर्कीले दायाँ विङ्गबाट बललाई अगाडि बढाउँदै बायाँतर्फ पास उपलब्ध गराएको थियो, जसमा काअन आयहानले पोस्टको नजिकैबाट बललाई जाली चुमाउँदै टोलीलाई जित दिलाए र टोलीमा खुसीयाली छाएको थियो।

सुरुवाती अग्रता भने अमेरिकाले लिएको थियो। खेल सुरु भएको तेस्रो मिनेटमै अमेरिकाका ए. ट्रस्टीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, अमेरिकाको यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको १० औँ मिनेटमा टर्कीका युवा स्टार अर्दा गुलेरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ३१ औँ मिनेटमा बी. यिल्माजले गोल गरेपछि पहिलो हाफमा टर्की २–१ ले अगाडि रह्यो।

दोस्रो हाफको सुरुवातमै अमेरिकाले खेलमा पुनरागमन गर्‍यो। खेलको ४९ औँ मिनेटमा एस. बर्हाल्टरले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक स्थितिमा पुर्‍याएका थिए। निर्धारित ९० मिनेटको खेल बराबरीमै सकिए पनि इन्जुरी समयको अतिरिक्त आठौँ मिनेटमा टर्कीका काअन आयहानले निर्णायक गोल गर्दै टर्कीलाई रोमान्चक जित दिलाए।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ११ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।