महामन्त्री पदमा १० जनाको उम्मेदवारी, रञ्जु दर्शना मात्रै महिला प्रत्याशी « Khabarhub

महामन्त्री पदमा १० जनाको उम्मेदवारी, रञ्जु दर्शना मात्रै महिला प्रत्याशी


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पदका लागि १० जना नेताले उम्मेदवारी दिएका छन्। पार्टीभित्र सहमतिको प्रयास लगभग निष्कर्षविहीन बनेपछि निर्वाचन आयोगले उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार महामन्त्री पदको दौडमा गणेश पराजुली, गणेश कार्की, मनीष झा, विपिनकुमार आचार्य, कवीन्द्र बुर्लाकोटी, सागर ढकाल, रञ्जु दर्शना, प्रमोद खरेल, राजु पाण्डे र जगदीश खरेल रहेका छन्।

उम्मेदवारहरूको सूचीमा १० जनामध्ये रञ्जु दर्शना मात्रै महिला उम्मेदवार रहेकी छन्। यसले महामन्त्री पदको प्रतिस्पर्धामा महिला सहभागिता न्यून रहेको देखाएको छ।

रास्वपाले पदाधिकारी चयनका लागि सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास गरे पनि प्रमुख पदहरूमा आकांक्षी संख्या धेरै भएपछि निर्वाचनको प्रक्रिया अघि बढेको हो। अब महामन्त्री पदका लागि यी १० उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ३९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र