महामन्त्री पदमा १० जनाको उम्मेदवारी, रञ्जु दर्शना मात्रै महिला प्रत्याशी « Khabarhub

महामन्त्री पदमा १० जनाको उम्मेदवारी, रञ्जु दर्शना मात्रै महिला प्रत्याशी


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पदका लागि १० जना नेताले उम्मेदवारी दिएका छन्। पार्टीभित्र सहमतिको प्रयास लगभग निष्कर्षविहीन बनेपछि निर्वाचन आयोगले उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार महामन्त्री पदको दौडमा गणेश पराजुली, गणेश कार्की, मनीष झा, विपिनकुमार आचार्य, कवीन्द्र बुर्लाकोटी, सागर ढकाल, रञ्जु दर्शना, प्रमोद खरेल, राजु पाण्डे र जगदीश खरेल रहेका छन्।

उम्मेदवारहरूको सूचीमा १० जनामध्ये रञ्जु दर्शना मात्रै महिला उम्मेदवार रहेकी छन्। यसले महामन्त्री पदको प्रतिस्पर्धामा महिला सहभागिता न्यून रहेको देखाएको छ।

रास्वपाले पदाधिकारी चयनका लागि सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास गरे पनि प्रमुख पदहरूमा आकांक्षी संख्या धेरै भएपछि निर्वाचनको प्रक्रिया अघि बढेको हो। अब महामन्त्री पदका लागि यी १० उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ३९ बजे

जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन

जुम्ला– जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको

रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनका लागि मत माग्दै मन्त्रीदेखि सांसदसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी पदको

आइएसएमटीले सन्डरल्यान्ड विश्वविद्यालयबाट फ्रेन्चाइज नै नलिएको कार्यक्रम चलाउँदै

काठमाडौं– नेपालका विभिन्न सहरमा कलेज सञ्जाल खडा गरेर स्नातक र

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता