कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल « Khabarhub

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग संवाद भए कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न सकिने बताएका छन्।

शुक्रबार बिहान विराटनगरस्थित आफ्नै निवासमा महामन्त्री गुरुराज घिमिरेसँग भएको भेटमा उनले पार्टीभित्रको गतिरोध अन्त्य गर्न नेतृत्व तहमा औपचारिक छलफल आवश्यक रहेको धारणा राखेका हुन्।

महामन्त्री घिमिरेले पनि सभापति र पार्टीको आधिकारिक टोलीसँग छलफल भए अहिले देखिएको विवाद समाधान गर्न कठिन नहुने बताएका छन्।

भेटका क्रममा पार्टीभित्रका विवाद समाधान, १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने वातावरण र कोइराला पक्षका पाँच तथा संस्थापन पक्षका सात प्रस्तावलाई कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयमा पनि छलफल भएको घिमिरेले बताए ।

भारत भ्रमणबाट फर्किएलगत्तै घिमिरे कोइरालालाई भेट्न पुगेका हुन्। 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ११ : १९ बजे

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि