आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा « Khabarhub

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले आफ्ना प्रशंसकसँग एउटा खुसीको खबर साझा गरेकी छन् । विवाह भएको करिब ६ महिनापछि उनले आफू गर्भवती रहेको पुष्टि गर्दै पहिलो सन्तानको स्वागतको तयारीमा रहेको जानकारी दिएकी हुन् ।

अभिनेत्री सामन्थाले हैदराबादमा आफ्नो नयाँ फिल्म ‘मा इन्टी बंगारम’ को सफलताको अवसरमा आयोजित कार्यक्रममा यो घोषणा गरेकी हुन् । कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब केही समयका लागि अभिनयबाट विश्राम लिएर आफ्नो स्वास्थ्य र परिवारलाई प्राथमिकता दिने बताइन् ।

उनको यो घोषणापछि कार्यक्रमस्थल तालीले गुन्जिएको थियो । सामन्थाले पनि सबैको माया र शुभकामनाप्रति आभार व्यक्त गर्दै आफ्नो जीवनको नयाँ अध्यायलाई उत्साहका साथ स्वागत गरिरहेको बताइन् ।

कार्यक्रममा उनका पति राज निदिमोरू पनि उपस्थित थिए । सामन्थाले गर्भावस्थाको खबर सार्वजनिक गर्दा राजको खुसी स्पष्ट देखिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

केही साताअघि सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा देखिएको ‘बेबी बम्प’का कारण उनी गर्भवती भएको चर्चा चलेको थियो। अब भने ती सबै अड्कलबाजीमा सामन्थाले स्वयं पूर्णविराम लगाएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सामन्था अहिले गर्भावस्थाको प्रारम्भिक चरणमा छिन् र आगामी डिसेम्बरमा पहिलो सन्तान जन्मिने अपेक्षा गरिएको छ ।

निर्देशक नन्दिनी रेड्डीले पनि सामन्थाको जीवनको यो सुन्दर क्षणमा शुभकामना दिँदै व्यक्तिगत खुसीसँगै उनको नयाँ फिल्मले पनि राम्रो सफलता पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

सामन्थाको व्यक्तिगत जीवन पनि लामो समयदेखि चर्चामा रहँदै आएको छ। उनले सन् २०१७ मा अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन् भने २०२१ मा दुवै अलग भएका थिए । त्यसपछि निर्देशक–निर्माता राज निदिमोरूसँग उनको सम्बन्धबारे चर्चा सुरु भएको थियो। अन्ततः दुवैले १ डिसेम्बर २०२५ मा कोयम्बटुरस्थित ईशा योग केन्द्रमा विवाह गरेका थिए ।

विवाहको केही महिनामै सामन्थाले आमा बन्न लागेको खबर सार्वजनिक गरेपछि उनका प्रशंसक र फिल्म उद्योगका सहकर्मीहरूले सामाजिक सञ्जालमार्फत बधाई र शुभकामना दिइरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ११ : ४८ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा