इरानमा कडा अनुगमन आवश्यक : आईएईए « Khabarhub

इरानमा कडा अनुगमन आवश्यक : आईएईए


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले बताएका छन् । इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्न बलियो प्रमाणीकरण प्रणाली तत्काल लागू गर्नुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीले शुक्रबार जापानमा पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रममाथि प्रभावकारी र विश्वसनीय अनुगमन आवश्यक रहेको बताए । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको व्यापक वार्तामा तेहरानको आणविक कार्यक्रम प्रमुख विवादका विषयमध्ये एक बनेको छ ।

ग्रोसीले हालै भएको अमेरिका–इरान सहमतिको मुख्य उद्देश्य इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्नु रहेको बताए । उनका अनुसार इरान सरकारले आफूहरू आणविक हतियार निर्माण गर्ने पक्षमा नरहेको स्पष्ट रूपमा जनाएको छ । तर केवल राजनीतिक प्रतिबद्धता पर्याप्त नहुने भन्दै उनले प्रभावकारी प्रमाणीकरण संयन्त्र आवश्यक रहेको उल्लेख गरे ।

उनका अनुसार इरानको आणविक गतिविधिमाथि कडा र विश्वसनीय निगरानी सकेसम्म छिटो सुरु हुनुपर्छ । ग्रोसीले इरानको युरेनियम भण्डारणसम्बन्धी विषयमा अमेरिका र इरानबीच प्रारम्भिक समझदारी बनेपछि आइएइएले तेहरानसँग पुनः संवाद सुरु गरेको जानकारी दिए ।

उनले प्रारम्भिक स्तरका छलफल भइसकेको र निकट भविष्यमै प्राविधिक काम अघि बढ्ने अपेक्षा गरिएको बताए । इरानले लामो समयदेखि आफूले आणविक बम निर्माण गर्ने प्रयास नगरेको दाबी गर्दै आएको छ । तेहरानले नागरिक प्रयोजनका लागि शान्तिपूर्ण आणविक कार्यक्रम सञ्चालन गर्ने आफ्नो अधिकार कायम रहेको अडान पनि दोहोर्‍याउँदै आएको छ ।

गत वर्ष इजरायलसँग भएको १२ दिने युद्धपछि इरानी संसद्ले पारित गरेको कानूनअनुसार तेहरानले गत जुलाईदेखि आइएइएसँगको सहकार्य स्थगित गरेको थियो । त्यसयता अन्तर्राष्ट्रिय निरीक्षण र अनुगमनको विषय थप संवेदनशील बनेको छ । अमेरिका र इरानबीच नयाँ सहमतिका लागि वार्ता जारी रहेका बेला इरानको आणविक कार्यक्रममाथिको निगरानी र पारदर्शीतालाई लिएर अन्तर्राष्ट्रिय चासो अझ बढेको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  २ : ५५ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल