विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की « Khabarhub

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी मिडिया सम्मेलन’ को उद्घाटन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरूले सत्य र तथ्यको आधारमा सशक्त रुपमा अघि बढ्नु पर्ने धारणा राखे । 

उनले आगामी साउन १ गतेदेखि कोशी प्रदेश सरकारले सबैलाई विज्ञापनको हक र अधिकार दिने भन्दै प्रेस क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने कुरामा जोड दिए । 

उनले लोकतन्त्र मुलुकको संस्कृति भइसकेकाले यसलाई कसैले पनि सखाप पार्न नसक्ने जिकिर गर्दै जनताको भाव र विद्रोहबाट स्थापित लोकतन्त्रमा प्रेस मर्यादित हुनु पर्ने बताए । 

मुख्यमन्त्री कार्कीले आगामी साउनदेखि बजेट एवं कार्य विधिका साथ सञ्चार प्रतिष्ठान गठन हुने जानकारी दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, डा महेन्द्र विष्ट र शिव गाउँलेलाई सम्मान गरिएको थियो । 

महासङ्घका महासचिव रामप्रसाद दाहालले ‘पत्रकार आचार संहिता र मर्यादित पत्रकारिता’ तथा महासङ्घका कोशी प्रदेशका पूर्वअध्यक्ष मोहन काजीले ‘कोशी प्रदेशका पत्रकारहरूको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ४ : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र