काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा नर्वे र फ्रान्स मैदानमा उत्रिँदै छन् । यी दुवै टिममा युवा स्टार खेलाडीहरू भएकाले यो खेल फुटबल प्रेमीका चासोमा परेको छ । सम्भवतः यो नै समूह चरणको ‘मेन इभेन्ट’ हो । कारण– केलियन एम्बाप्पे र एर्लिङ हालान्ड आमनेसाने हुँदैछन् ।
दुई पटकको विश्वकप विजेता फ्रान्स विश्वकपको हेभिवेट टोली हो । सन् २०१८ मा विश्वकपबाट उदाएका एम्बाप्पेले उक्त संस्करणको विश्वकप फ्रान्सलाई जिताउन उत्कृष्ट प्रदर्शन गरे । अहिले उनी टोलीको कप्तान हुन् । हालान्ड क्लब फुटबलका स्टार स्टाइकर हुन् । उनी म्यान्चेस्टर सिटीबाट खेल्ने गर्छन् ।
समूह चरणको खेल हेर्दा हालान्ड र एम्बाप्पे दुवै गोल्डेन सुजको दाबेदार देखिएका छन् । दुवैले समान चार गोल गरेका छन् । एम्बाप्पे र हालान्ड दुवै आधुनिक फुटबलका स्टार स्ट्राइकर हुन् । सोहीकारण खेलमा दर्शकको चासो हुन स्वभाविक हो ।
तथापि, यी दुवै टोली राउन्ड अफ ३२ मा पुगिसके । समूह आईको विजेता बन्न वा प्रतिष्ठाको लाइनमा यी दुई आज मैदानमा उत्रदै छन् । एम्बाप्पे र हल्यान्डमा बढी गोल गर्न कसले अग्रता लिन्छ ? भन्ने प्रश्नले पनि यो खेल रोचक बनाएको छ । नर्वेजियन टोली पछिल्लो समय फर्ममा छ । यो टोलीको विजयी दर उच्च छ । सोहीकारण पनि फ्रान्स जस्तो बलियो टोलीलाई यसले कडा प्रतिस्पर्धा दिने अनुमान गरिएको छ ।
दुवै टोलीलाई स्टारको महत्त्व
स्टार स्टाइकर टोलीमा रहँदा विपक्षी डिफेन्डरहरू स्वतः दबाबमा पर्छन् । सोहीकारण दुवै टोलीका रक्षापङ्क्तिलाई चुनौती दिन यी स्टारले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने देखिन्छ । खेल विश्लेषकहरूका अनुसार एम्बाप्पे टोलीका मेरुदण्ड नै हुन् । उनी नभएकोको खेलको नजिताले त्यही भन्छ ।
सन् २०२२ पछिका खेलमा एम्पाप्पे टोलीमा रहँदा फ्रान्सले करिब ७० प्रतिशत जित निकालेको छ । उनी टोलीमा नरहँखा ५० प्रतिशत जित मात्रै हात परेको छ ।
हालान्ड टिममा नहुँदा र नहुँदा नर्वेले विजयीदरमा झन् ठूलो अन्तर छ । उनी टिममा रहँदा नर्वेले ६५ प्रतिशत जित निकालेको छ । उनी नहुँदा टिमले केबल ३३ प्रतिशत मात्रै जित निकालेको छ । यति ठूलो अन्तरले टोलीमा हालान्डको महत्त्वबारे स्पष्ट सन्देश दिन्छ ।
कुन टोली बलियो ?
समूह चरणकै खेलमा सेनेगलसँग २ गोल गर्दै हालान्डले फ्रान्सका एम्बाप्पेसँग गोल संख्या बराबरी गरेका थिए । यो विश्वकपमा दुवैले दुई खेलमा समान ४ गोल गरेका छन् ।
सेनेगलसँगको खेल पश्चात हालान्डले फ्रान्ससँगको प्रतिस्पर्धाबारेको प्रश्न सामना गर्दै भनेका थिए, ‘मैले फ्रान्ससँगको खेलबारे सोचेको छैन । सायद उनीहरूले जित्नेछन् । हामीलाई मात्रै होइन सबैलाई जितेर विजयी हुनेछन् ।’
अर्थात्, हालान्ड पनि फ्रान्सलाई आफ्नोभन्दा बलियो टिम मान्न तयार छन् । फुटबल विश्लेषकहरूले पनि नर्वेको जित्ने सम्भावना निकै कम रहेको बताउँछन् । उनीहरूको विश्लेषण अनुसार फ्रान्सको विजयी सम्भवनादर निकै बढी छ ।
तर, १९९८ पछि नर्वे विश्वकपमा छनोट भएको हो । हालान्डले इतिहास रच्न सक्छन् । बलियो टोलीको रक्षापक्ति ढाल्नु नै उनको दख्खल हो । यो पाटो पनि नजरअन्दाज गर्न मिल्दैन ।
एम्बाप्पेलाई अवसर
एम्बाप्पे एउटा शक्तिशाली व्यक्तिगत रेकर्डछेउ छन् । उनले विश्वकपमा सबैभन्दा बढी १८ गोल गर्ने अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीको रेकर्ड तोड्ने सम्भावना राखेका छन् ।
एम्बाप्पेले १६ गोल गरेका छन् । नर्वेसँग २ गोल गर्न सके एम्बाप्पे उक्त रेकर्डको बराबरीमा पुग्नेछन् । तीन गोल गरे उनले रकेर्ड राख्नेछन् । मेसीले ६ विश्वकपमा १८ गोल जोडेका हुन् । एम्बाप्पेले ३ विश्वकपमा १६ गोल पुर्याएका हुन् ।












प्रतिक्रिया