समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि « Khabarhub

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।  

शुक्रबार अपराह्न मतदानका लागि तोकिएको पाँच बजेको समय सकिएसँगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका हुन् ।

 अपराह्न पाँच बजेर २ मिनेटमा मतदानस्थल पुग्दा मतदान गर्न नदिएको उनीहरूले जनाएका छन् । उनीहरूले तीन दिनका लागि तोकिएको महाधिवेशन ६ दिन पुराउँदा केही नहुने, तर आफूहरू केही मिनेट ढिलो पुग्दा मतदानको अवसरबाट वञ्चित गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

करिब ४ हजारको संख्यामा प्रतिनिधि रहेकोमा पदाधिकारी निर्वाचनमा १५ सय भन्दा कम मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ०७ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका