प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ « Khabarhub

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि घटनाको अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीका अनुसार ‘फलो नेपाल टाइम्स’ नामक इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको भिडियोमा मधेशी मूलका एक युवकलाई दुर्व्यवहार गरिएको देखिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत घटनामा संलग्नमाथि कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ का २८ वर्षीय डिल्लीबहादुर ओली र ३१ वर्षीय राजन केसीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पीडित ३१ वर्षीय युवक कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ सिरसवा घर भई हाल रुकुम पश्चिममा बेकरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी सामान डेलिभरी गरेर फर्किने क्रममा मुसिकोट नगरपालिका–३ माछिमी क्षेत्रमा आरोपितहरूको सम्पर्कमा पुगेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपितहरूले प्रयाङ्क भिडियो बनाउने भन्दै ती युवकलाई दुर्व्यवहार गरेका थिए । घटनाको भिडियो पछि विदेशमा रहेका जीवन ओलीलाई पठाइएको र उनले असार १० गते आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ८ : ५१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,