दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार « Khabarhub

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८ लाखभन्दा बढीको कारोबार भएको छ । स्थानीयस्तरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन, बजार व्यवस्थापन तथा यसको स्वास्थ्य लाभबारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यका साथ बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिका र प्रादेशिक कृषि थोक बजारद्वारा संयुक्त रूपमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सव सुरु भएको दुई दिनमा रु १८ लाखभन्दा बढीको कारोबार हो । शनिबारसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन तीन हजार ५०० किलो र दोस्रो दिन चार हजार ५०० किलो ड्रागन फ्रुट बिक्रीबाट उक्त रकम बराबरको करोबार भएको हेटौँडा उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा हेटौँडा, मकवानपुरगढीलगायत स्थानबाट किसानले बगैँचाबाट सङ्कलन गरेका ताजा तथा प्राङ्गारिक ड्रागन फ्रुटको प्रदर्शनी र बिक्री गरिरहेका छन् ।

महोत्सवका अवसरमा ड्रागन फ्रुटको नयाँ खेती गर्न इच्छुक किसानका लागि माटोको तयारी, बिरुवा रोपन, स्याहारसम्भार तथा रोग व्यवस्थापनसम्बन्धी निःशुल्क प्राविधिक परामर्श सेवासमेत प्रदान गरिएको छ ।

हेटौँडा र आसपासको हावापानी ड्रागन फ्रुटखेतीका लागि उपयुक्त देखिएको भन्दै सहभागी किसानले महोत्सवले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराएको बताएका छन् ।

महोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकरणसँगै कृषि पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ९ : ५० बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि