एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ « Khabarhub

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ गरेको हो । हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर शेर्पाले लाभ लिएको आरोप छ । विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको छ ।

विद्यालयलाई अनुचित हानि गर्ने नियतले उनले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको सीआईबीको अनुसन्धानबाट थाहा भएको छ ।

विद्यालयका लागी सवारी साधन खरिद गर्ने रकमबाट उनले आफू सम्बद्ध कम्पनीको नाममा जग्गा र सवारी साधन खरिद गरेर विद्यालयको हक टुटाएको आरोप छ । विद्यालयको रकम हिनामिना गरेर आफूले लाभ लिएर उनले ठगी र अपराधी विश्वासघात कसुर गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो ।

कांग्रेसमा आबद्ध शेर्पा विरुद्ध दुई वर्षअघि नै जाहेरी परे पनि प्रहरीले उजुरी दर्ता गरेको थिएन । अदालतले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउन आदेश दिएसँगै सीआईबीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ५१ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि