आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६ जुलाई २७ तारिख। असार शुक्ल पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज नयाँ व्यक्तिसँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला।

वृष : दिन सामान्य छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। राज्यको तर्फबाट तपाईंको व्यवहारमा शंका हुनेछ।

मिथुन : बोलीको प्रभाव रहनेछ । लगानीको क्षेत्रमा फाइदा हुने दिन छ। ठूलो लगानीमा हात नहालेको राम्रो हुनेछ। शिक्षा र स्वास्थ्यमा केही सुधार हुनेछ।

कर्कट : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। डुब्न लागेको सम्पत्ति हात लाग्ने संकेत देखा पर्नेछ। रोजगारी र राजनीतिमा तपाईको बढुवा हुने सम्भावना छ। पारिवारिक सम्बन्ध राम्रो रहेको छ।

सिंह : दिन राम्रो छ। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा भने गोपनीयता कायम गर्नु राम्रो हुनेछ।

कन्या : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् मानसम्मान बढ्नेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा पनि फाइदा हुने योग परेको छ।

तुला : आज प्रतिभा प्रदर्शन गर्ने दिन छ। घुमघामको अवसर मिल्नेछ। शिक्षामा आलश्य बढ्नेछ। लगानीमा दिन उपयुक्त छ। परिवारको साथ लिएर अघि बढ्नुपर्ने दिन छ।

वृश्चिक : दिन राम्रो छ। संघर्षले सार्थकता पाउनेछ। शिक्षा र स्वास्थ्यले तपाईलाई साथ दिनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ। दाम्पत्य जीवनमा खटपटी हुनेछ।

धनु : दिन राम्रो छ। मित्र भेट हुनेछ । स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारले साथ दिनाले मनमा उत्साह थपिनेछ। राजनीतिमा भने हात नहालेको राम्रो हुनेछ।

मकर :  दिन सामान्य छ। हरेक कार्यमा शंकाको घेरामा भएकाले जोगिएर काम गर्नुपर्ने देखिन्छ। शत्रु बढ्नेछन्। परिवारसँग्को सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : यात्राको अवसर मिल्नेछ। तर समय र खर्च बढ्ने भएकाले अनावश्यक यात्रामा ननिस्किएको राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : मनमा खटपटी बढ्नेछ। स्वास्थ्यमा समस्या आउँन सक्छ। हनुमान वा गणेशको पुजा गरेर अघि बढे लाभ मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ६ : ०० बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको