‘गौँथली’ को बम्पर व्यापार, पहिलो सातामा साढे २ लाखले हरे « Khabarhub

‘गौँथली’ को बम्पर व्यापार, पहिलो सातामा साढे २ लाखले हरे


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ ले बम्पर व्यापार गरेको छ । यो फिल्मले चाँडै सुपरहिटको आँकडा पूरा गर्ने गर्ने देखिएको छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले साउन १ देखि १० सम्म ७ करोड ४२ ग्रस कलेक्सन गरेको छ । सुरुवाती १० दिनमा यति ग्रस कलेक्सन हुनु निकै राम्रो हो ।

यो अवधिमा फिल्म हेर्नका लागि २ लाख ६० हजारभन्दा बढी टिकट बिक्री भएको छ ।

पछिल्लो समय नेपाली फिल्मको व्यापार निकै कमजोर देखिँदै आएको छ । यो अवस्थामा ‘गौँथली’ले उत्साहपूर्ण व्यापार गरेको हो ।

यसले यो वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘लालीबजार’लाई सहजै ग्रस कलेक्सनमा पछि पार्ने देखिएको छ ।

‘गौँथली’को शीर्ष भूमिकामा नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १२ : ३३ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको