मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ « Khabarhub

मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन गरिरहेका सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

सोमबार सुरुङ मार्गको उद्घाटन गर्न पुगेका उनले प्रभावितलाई भेटेर माग सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।

प्रभावितले खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरको उचित सम्बोधन गर्न, सिस्नेखोला पानी लिफ्टिङ खानेपानीको ग्यारेन्टी गर्न, सुरुङ मार्गमा स्थानीयलाई सहज आवतजावतको व्यवस्था गर्न, रोजगारी र स्थानीयको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

मन्त्री लम्सालले स्थानीयलाई भेट्दै आफू माग सम्बोधन गर्न सकारात्मक रहेको बताए । उनले प्रभावितहरूलाई छलफलका लागि दिउँसो २ बजे मन्त्रालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १२ : २२ बजे

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन