ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ « Khabarhub

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासका क्रममा स्थापित शिलालेख हराएकोबारे स्पष्टिकरण दिएका छन् ।

सोमबार काठमाडौंको नागढुंगामा नेपालकै आधुनिक सुरुङमार्गको उद्घाटन गर्दै उनले इतिहास र भूतलाई सधैं सम्मान गर्नुपर्ने पनि बताएका छन् ।

‘नागढुङ्गामा रहेको शिलालेख गायब पारिएको होइन। हामी फेरि पुनर्स्थापना गर्छौँ, हामीले भूतलाई एकदमै सम्मान गर्नुपर्छ । हामी भूतलाई एकदम इज्जत गर्छौँ,’ उनले भने, ‘यसअघि यसबारेमा केही-केही कुरा आएको थियो। शिल्यान्यासका क्रममा राखिएको शिलालेख सुरुङमार्गको पूर्वाधार बनाउने क्रममा झिकेर सडक विभागमा राखिएको रहेछ। त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ।’

उनले नागढुंगाबाट झिकेर बबरमहलस्थित सडक विभागको कार्यालयमा राखिएको शिलालेख गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा हराएको पनि बताए । ‘यहाँ थप पूर्वाधार बनाउँदा झिकेको शिलालेख सडक विभागमा आगजनी हुँदा हराएको रहेछ’, उनले भने, ‘त्यो बेलामा सुरू गरेको र अहिले उद्घाटन गरेको शिलालेख दुवैलाई हामी कायम गर्छौँ ।’

उनले नागढुंगा-सिस्ने खोला सुरूमार्गलाई नेपालकै आधुनिक भने । ‘अब हामीएकदमै धेरै सुरुङमार्ग हामी बनाउँछौँ । हाम्रो राष्ट्र टनेल युगमा जान तयार भएको छ’, उनले भने, ‘यसबाट देशले धेरै कुरा सिकेको छ। हामी धेरै टनेल अब बनाउन सक्छौँ ।’

करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङ मार्गको शिलान्यासको ७ वर्षपछि सोमबार उद्‌घाटन गरिएको हो ।

नेपालका लागि जापानी राजदूत मायदा तोरू र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुरुङको उद्‌घाटन गरेका हुन् ।

पहिलो चरणमा आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौं आउन जान पाउने भएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १ : १९ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित