सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी « Khabarhub

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी र तोडफोड भएको छ।

देवानगञ्जको कप्तानगञ्ज टोलमा प्रदर्शनमा उत्रिएका एउटा समूहले जनप्रतिनिधिसहित सर्वसाधारणको घरमा पनि आगजनी गरेका हुन् ।

कर्फ्यु लगाउँदा पनि अवस्था नियन्त्रणबाहिर गएपछि कप्तानगञ्जस्थित स्थानीयको घरमा आगजनी र तोडफोड भएको हो । आइतबार राति देवानगञ्जमा भएको घटनाको विरोधमा गाउँगाउँमा प्रदर्शन भइरहेको छ।

प्रदर्शनकारीको एउटा समूहले देवानगञ्ज गाउँपालिका वडा नम्बर-३ स्थित वडाध्यक्ष अनिल भगतको घरमा तोडफोड र आगजनी गरेका छन् । अन्य केही सर्वसाधारणको घरमा पनि तोडफोड भएको छ।

प्रदर्शनकारीहरूले सडकमा निस्किएका अटोरिक्सा र भ्यानहरूमाथि पनि तोडफोड गरेर क्षतिग्रस्त बनाइदिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : ०७ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित