विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू) « Khabarhub

विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू)


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेविसंघ पुस्तकालय बचाउ अभियाले सोमबार प्रदर्शन गर्‍यो ।  

भाडा बक्यौताको विषयलाई लिएर ३ महिनादेखि बन्द पुस्तकालय प्रांगणमा सहभागीले प्लेकार्डसहित प्रदर्शन गरे ।

उनीहरुले ‘देश बनाउने टोली – ज्ञानमा ताल्चा हानेर देश बन्छ त ?’, ‘लाइब्रेरी पुनः खोल, ज्ञानमा लगानी बढाऊ’, ‘जेलमा पनि पुस्तकालय हुन्छ’, ‘शिक्षा पहिला’, ‘सार्वजनिक पुस्तकालय बचाऔँ’लगायत नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

सहभागीले सडकमै बसेर पुस्तक पढ्दै सांकेतिक विरोध पनि गरे । 

भाडा बक्यौता रहेको भन्दै समाज कल्याण परिषद्ले गत वर्ष चैत ३० मा पुस्तकालयमा तालाबन्दी गरेको थियो । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ६ : १९ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक