विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू) « Khabarhub

विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू)


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेविसंघ पुस्तकालय बचाउ अभियाले सोमबार प्रदर्शन गर्‍यो ।  

भाडा बक्यौताको विषयलाई लिएर ३ महिनादेखि बन्द पुस्तकालय प्रांगणमा सहभागीले प्लेकार्डसहित प्रदर्शन गरे ।

उनीहरुले ‘देश बनाउने टोली – ज्ञानमा ताल्चा हानेर देश बन्छ त ?’, ‘लाइब्रेरी पुनः खोल, ज्ञानमा लगानी बढाऊ’, ‘जेलमा पनि पुस्तकालय हुन्छ’, ‘शिक्षा पहिला’, ‘सार्वजनिक पुस्तकालय बचाऔँ’लगायत नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

सहभागीले सडकमै बसेर पुस्तक पढ्दै सांकेतिक विरोध पनि गरे । 

भाडा बक्यौता रहेको भन्दै समाज कल्याण परिषद्ले गत वर्ष चैत ३० मा पुस्तकालयमा तालाबन्दी गरेको थियो । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ६ : १९ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र