‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई « Khabarhub

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालालाई प्रदान गरिएको छ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा मुटु रोगको उपचार र बाल चिकित्सा क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै रु दुई लाख २२ हजार २२२ राशि नगदसहित सम्मानपत्रले उहाँलाई सम्मानित गरिएको हो ।

यसैगरी यस वर्षको ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार नेपाल’ भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको गार्गी कन्या गुरुकूललाई प्रदान गरिएको छ । सबै जातका बालिकालाई संस्कृत शिक्षा दिने गुरुकूललाई उक्त पुरस्कार दिइएको हो । यो पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ सहित सम्मानपत्र रहेको छ । पुरस्कार गार्गी कन्या गुरुकूल प्रतिष्ठानका प्रमुख संरक्षक एवं अध्यक्ष भगवती उपाध्यायले ग्रहण गरे ।

कार्यक्रममा ८० वर्षको उमेरमा तरकारी पसल सञ्चालन गर्ने पाटनकी मनमाया लामालाई नगद रु २५ हजार राशिसहित सम्मानपत्रसहित श्रम सम्मान प्रदान गरिएको छ । आठ दशक जीवन पार गरिसक्नुभएका ललितपुरका श्यामलाल महर्जनले अहिले पनि घरघर पुगेर शुद्ध तोरीको तेल बेच्नुभएको भन्दै नगद रु २५ हजार नगद र सम्मानपत्रसहित श्रम सम्मान गरिएको छ ।

थापा स्मृति सेवा गुठीले यसवर्षको आर्थिक सहयोग नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषलाई रु २५ हजार प्रदान गरेको छ । कोषका पवन आलोकले सो सहयोग ग्रहण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी आत्मानन्द गिरिजी महाराजले धर्म, संस्कृति, संस्कार र सेवालाई मुख्य आधार बनाएर काम गर्ने व्यक्ति, व्यक्तित्व र संस्थालाई सम्मान गर्नु सकारात्मक कदम भइरहेको भन्दै खुसी व्यक्त गरे । आफूले सन्यास धारण गरेर पनि जीवनमा धर्म, संस्कृति, संस्कार र सेवाको निरन्तर गरिरहेको उनले बताए ।

गुठीका अध्यक्षसमेत रहनुभएका काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्माले बद्रीविक्रम थापाले शिक्षा र संस्कृतिका क्षेत्रमा गर्नुभएको योगदान अविस्मरणीय रहेको बताए । गुठीका सचिव डा चिन्तामणि योगीले धर्म, संस्कृति, संस्कार र सेवालाई मूल आधार बनाएर काम गर्ने जनशक्ति निर्माण र सम्मानमा काम गरिनुपर्नेमा जोड दिए।

गार्गी कन्या गुरुकूलमा कक्षा ११ मा अध्ययनरत छात्रा नवीना भट्टराईले संस्कृत ज्ञान र विज्ञानको भाषा भएकाले सबैलाई यसको आवश्यकता पर्ने बताए । गार्गी कन्या गुरुकूल प्रतिष्ठानका उपाध्यक्ष डा मन काफ्लेले गुरुकूलमा कक्षा ६ देखि कक्षा १२ सम्म ८५ जना बालिकाले संस्कृत शिक्षा अध्ययन गरिरहेका जानकारी दिए ।

पुरस्कृत व्यक्तित्व डा कोइरालाले कोशी र बागमती प्रदेशमा बाल अस्पताल स्थापना भइसकेको जानकारी गराउँदै अब कर्णाली प्रदेशमा स्थापना गर्न लागिएको जानकारी दिए । बालबालिकाको सबै किसिमका रोगको उपचार गर्ने उद्देश्यले खोलिएका यस किसिमको बाल अस्पताल देशका सात वटै प्रदेशमा विस्तार गरिने उनले प्रतिबद्धता जनाए ।

गुठीका कोषाध्यक्ष एवं बद्रीविक्रम थापाका छोरा किरण थापाले २०५३ साल कात्तिक १ गते स्थापना भएको संस्थाले प्रत्येक वर्ष ‘सेवा नेपाल’ नामक विशेषाङ्क प्रकाशन गर्दै आएको जानकारी दिए । यसवर्ष वरिष्ठ पत्रकार भैरव रिसाल विशेषाङ्क प्रकाशन गरिएको भन्दै उहाँले यो २५औँ अङ्क रहेको बताए ।

आफ्ना बुबाले जीवनमा राष्ट्र सेवा गरी बस्नुभएको बताउँदै किरणले नेपालका १२ स्थानमा केही विशेष कार्य गर्ने लक्ष्यका साथ गुठी अघि बढेको जानकारी दिए । यसका लागि सरोकार भएका निकायको सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।

गुठीका सदस्य श्रीओम श्रेष्ठले अञ्चलाधीश हुँदा आफ्नै ससुरालाई पनि समात्ने न्यायप्रेमी प्रशासकका रूपमा बद्रीविक्रम थापा स्थापित हुनुभएको जानकारी गराए । उनले अञ्चलाधीश हुँदा विभिन्न स्रोतबाट आएको रकम आफ्नो हातले नछोएर सेवामा लगाउने व्यक्तित्व भएको बताए । बद्रीविक्रम थापाको १०४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ कार्यक्रम आयोजना गरी विभिन्न विधाका व्यक्तित्व र संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ९ : ०६ बजे

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको