टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै « Khabarhub

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’ ले हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ । खेल डार्विनस्थित गार्डेन ओभलमा नेपाली समयअनुसार बिहान सवा ९ सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल तेस्रो जित निकाल्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ । नेपालले सुरुआती दुई खेलमा पराजय व्यहोर्दा पछिल्लो दुई खेलमा लगातार जित दर्ता गरेको छ ।

नेपालले आफ्नो चौथो खेलमा हिजो अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध ४ विकेटको जित निकालेको थियो । यसअघि तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई हराएको नेपाल पहिलो र दोस्रो खेलमा क्रमशः नर्दन टेरिटोरी स्ट्राइक र बङ्गलादेश हाइपर्फमेन्स–११ सँग पराजित भएको थियो ।

सेमिफाइनलमा पुग्न आजको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । ताजा स्थितिमा नेपाल ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । उता हैदराबादसँग पनि चार अङ्क नै छ । उसले पनि चार खेल खेल्दा दुईमा जित र दुई खेलमा पराजय व्यहोरेको छ ।

टप एन्ड टी–२० सिरिजका लागि नेपाल ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन् । यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन् ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ८ : ०९ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित