बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त « Khabarhub

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

भीषण बाढीका कारण धेरै जनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएकोप्रति महासचिव गुटेरेसले दुःख व्यक्त गरेको उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै महासचिव गुटेरेसले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् । नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको स्तर मूल्याङ्कन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउनेलगायत सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ ।

बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको उनले जानकारी गराएका छन् । महासचिव गुटेरेसले जीवन बचाउन खटिएका आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ८ : ३२ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार