भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना « Khabarhub

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ ठूलो क्षति पुर्‍याउनुका साथै चीनको तिब्बत स्वायत्त क्षेत्रमा पनि गम्भीर प्रभाव पारेको छ। नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले सीमापारि चीनको शिगात्सेअन्तर्गत केरुङ (क्योरिङ) क्षेत्रमा व्यापक जनधनको क्षति पुर्‍याएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै प्राप्त विवरणअनुसार बुधबार बिहान आएको बाढी तथा पहिरोका कारण केरुङ बन्दरगाह क्षेत्रको सडक, विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। हालसम्म केरुङ क्षेत्रमा ३ जनाको मृत्यु भएको र २६५ जना नागरिक सम्पर्कविहीन रहेको पुष्टि भएको छ।

नेपालतर्फ भोटेकोशीको बाढीले रसुवाको टिमुरे र केरुङ नाका आसपासका क्षेत्र ध्वस्त पारेको छ। नेपालमा बाढीका कारण तीन सयको हाराहारीमा मानिसको मृत्यु भएको अनुमान छ भने सुरक्षाकर्मी, स्थानीय र मजदुर गरी दर्जनौँ सम्पर्कविहीन छन्। बाढी-पहिरोले दुवै देश जोड्ने भौतिक पूर्वाधार, पुल तथा सञ्चार संरचनामा गम्भीर क्षति पुर्‍याएको छ।

उद्धारमा चिनियाँ सेना परिचालन

चीन सरकारले केरुङ क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन चिनियाँ जनमुक्ति सेना (पीएलए) परिचालन गरेको छ। पश्चिमी थिएटर कमान्डअन्तर्गतको निर्देशन समूहलाई वाई-२० सैनिक परिवहन विमानमार्फत तिब्बत पठाइएको छ। उक्त टोलीले प्रभावित क्षेत्रमा सैन्य उद्धार र समन्वयको काम गर्नेछ।

यसैबिच, छेन्दुबाट उडेको वाई-२० विमानमार्फत १११ जना आपत्कालीन उद्धारकर्मी शिगात्सेस्थित डिङ्ग्री विमानस्थल अवतरण गरिसकेका छन्। जीवन उद्धार, भग्नावशेष हटाउने र सञ्चार पुन:स्थापनाका आधुनिक उपकरणसहित आएका उद्धारकर्मीहरू तीव्र गतिमा केरुङ बन्दरगाहतर्फ अघि बढिरहेका छन्। यद्यपि, सडक सञ्जाल छिन्नभिन्न भएकाले घटनास्थल पुग्न कठिनाइ भइरहेको जनाइएको छ।

नेपालतर्फ पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। दुवै देशका सीमावर्ती क्षेत्रमा सञ्चार र यातायात सेवा अवरुद्ध भएकाले क्षतिको अन्तिम विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ८ : ४८ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार