प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो « Khabarhub

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

बाढी प्रभावित क्षेत्रमा १० वटा हेलिकप्टर उडान


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार र राहत सामग्री वितरण भइरहेको छ भने हालसम्म करिब १० वटा उडान सम्पन्न भइसकेका छन्।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा सुदृढ बनाउन जेनेरेटर र सोलार सेटसहितका पोर्टेबल मोबाइल टावरहरू पठाइँदै छ। यसका साथै विद्युत् आपूर्तिका लागि आवश्यक ब्याकअप प्रणालीहरू पनि प्रभावित क्षेत्रतर्फ लगिँदै गरेको मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि आवश्यक चिकित्सा उपकरण, टेन्ट तथा अन्य अत्यावश्यक राहत सामग्रीहरू यसअघि नै घटनास्थल पठाइसकिएको छ।

सरकारले सबै नागरिकहरूलाई धैर्य, शान्त र संयमित रहन अपिल गरेको छ। साथै, आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह नफैलाउन मन्त्रालयले हार्दिक अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ९ : ०७ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान